काठमाडौं । आर्थिक समृद्धिका लागि सेयर बजार अपरिहार्य रहेको बताउँदै अर्थमन्त्री बिष्णु पौडेलले लगानीकर्ताको माग पुरा गर्न सम्बन्धीत निकायहरुसँग समन्वय गर्ने बताएका छन् । बिहिबार अर्थमनत्रालयमा भएको सेयर लगानीकर्ताहरुसँगको सयुक्त भेटवार्तामा अर्थमन्त्री पौडेलले सो बताएका हुन् ।
नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेका सेयर लगानीकर्ताहरुको समुहले सेयर बजार सुधार र दिगो विकासको लागि ४ बुँदे माग सहितको सुझाव दिएका थिए । जसमा उनीहरुले राष्ट्र बैंकले तोकेको सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमा हटाउन, मार्जिन कर्जाको जोखिम भारित औषत १५० बाट झारेर १०० प्रतिशत कायम गर्न, ब्रोकर कमिशन घटाउन र हाल अदालतमा मुद्दा चलिरहेको बैंकलाई ब्रोकर लाइसेन्सको विषय यथाशिघ्र टुंगो लगाएर बैंकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन माग राखेका थिए ।
सो माग राख्दै सेयर बजारका लागनीकर्ताहरुको संगठन नेपाल इन्भेष्टमेन्ट फोरममा वर्तमान अध्यक्ष तुलसीराम ढकाल र पुर्व अध्यक्ष छोटलाल रौनियार, सेयर बजार लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल लगायतका लगानीकर्ताहरु थिए ।
लगानीकर्ताहरुको सुझाव सहितको माग सुनेपछि अर्थमनत्री पौडेलले आफु सेयर बजारप्रति पहिलो कार्यकालदेखि नै सकारात्मक रहँदै आएको उल्लेख गरेका थिए । उनले लगानीकर्ताहरुको माग पुरा गर्नको लागि राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरी नीति निर्देशनहरु परिमार्जन गर्न लगानीकर्ताहरुसँग समन्वय गर्ने प्रतिवद्धता गरेका थिए ।
‘आर्थिक समृद्धिका लागि सेयर बजार अपरिहार्य छ, तपाईहरुको सुझाव टिपोर्ट गरेको छ, राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरी तपाईहरुसँग थप छलफल हुनेछ ।’
आफु अर्थमन्त्री हुँदा सेयर बजार १८ सयको बिन्दुबाट ३२ सयसम्म पुगेको स्मरण गर्दै मन्त्री पौडेलले भविष्यमा पनि आर्थिक नीति र मौद्रिक नीति सेयर बजार मैत्री निर्माण गरिने आश्वसन लगानीकर्ताहरुलाई दिए ।
प्रतिक्रिया दिनुहोस्