काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको विभागिय सरुवा भएको छ । केन्द्रीय बैंक जनशक्ति व्यवस्थापन विभागले पुस १७ गते आइतबारदेखि लागू हुने गरी ९ जना कार्यकारी निर्देशहरुको सरुवा गरेको हो ।
जसमा हाल वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका पिताम्बर भण्डारी मौद्रिक व्यवस्थापन विभागमा, सूचना प्रविधि विभाग प्रमुख रहेका प्रदिप पौड्याल गैह्र बैंकिङ सुपरिवेक्षण विभागमा, मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका रेवती प्रसाद नेपाल लघुवित्त सुपरिवेक्षण विभागमा र हाल सोही विभाग प्रमुख रहेका सुमन कुमार अधिकारीलाई संस्थागत योजना विभागमा सरुवा गरिएको हो ।
यस्तै, हालसम्म आन्तरिक लेखा परिक्षण विभाग प्रमुख रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षणमा, बैंकिङ विभाग प्रमुख राम बहादुर मानन्धरलाई सूचना प्रविधि विभागमा, संस्थागत योजना विभाग प्रमुख दयाराम शर्मालाई बैंकिङ विभाग र गैह्र बैंकिङ विभागका प्रमुख विमलराज खनाललाई आन्तरिक लेखा परिक्षण विभागमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्