Shikhar Insurance
National Life

५६.८८ अंकले बढ्यो नेप्से, ३ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेर बन्द भएको सेयर बजार बिहीबार उच्च अंकले बढेको हो ।

बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ९.९८ अंकले बढेर ३९१.३१ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भए । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबार भएका कम्पनीमध्ये २०८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । भने, ६ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार बिहबिार तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । हिमालयन उर्जा विकास बैंक, सानिमा लाइफ इन्स्योरेन्स र श्रृजनशील लघुवित्त वित्तीय संस्थको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । साथै आज सात वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेपाल बैंक डिभेञ्चर र एनएमबी फिफ्टीको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा हिमालयन डिष्ट्रिलरी शीर्ष स्थानमा छ । कम्पनीको १२ करोड १४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, नेपाल टेलिकमको १० करोड ९२ लाख ४८ हजार, रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजार, एनआईसी एशियाको ९ करोड ६६ लाख ५८ हजार र नबील बैंकको ९ करोड २८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्