Shikhar Insurance
National Life

तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १४:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।

पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्