Shikhar Insurance
National Life

आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १२:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री र अधिकमत तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस २.६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्