Shikhar Insurance
National Life

फरवार्ड माइक्रोफाइनान्सको लाभांश पारित गर्न बोलायो साधारण सभा, कहिलेसम्म बन्ने सेयरधनी?

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि सेयरधनीहरुलाई साधारण सभा बोलाएको छ ।

लघुवित्तले ३० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नका लागि सेयरधनीहरुलाई सभा बोलाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले १०औं वार्षिक साधारण सभा गर्नका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।  लघुवित्तले साधारण सभा गर्ने मिति भने तोकेको छैन ।

सोहि अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

उक्त प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्