काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांंश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । फाइनान्सले माघ ६ गते क्राउन होटल हारती, विदुर–५, गँगटे, नुवाकोटको सभाहलमा वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ ।सोहि अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्