Shikhar Insurance
National Life

नेप्सेले गर्याे ४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्ला कारोबार?

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले बुधबार ३ वटा बैंक र एउटा हाइड्रोइलेक्ट्रिसिटीको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएलको ५ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत, नेपाल बैंकको २ प्रतिशत र प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबारको दिन दोस्रो बजारमा एचआईडिसीएलको सेयर १८६ रुपैयाँ, मितेरीको ४१० रुपैयाँ, नेपाल बैंकको २८६ रुपेयाँ ८० पैसा र प्राइमको २२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

समायोजनपश्चात एचआईडिसीएलको मूल्य १७७ रुपौयँ १४ पैसा कायम भएको छ भने मितेरीको ३६४ रुपैयाँ ९३ पैसा, नेपाल बैंकको २८० रुपैयाँ ८८ पैसा र प्राइमको २२० रुपैयाँ १० पैसा कायम भएको छ।

उक्त समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्ला हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्