Shikhar Insurance
National Life

नेपाल विद्युत् प्राधिकरणले दुईसय ६७ ग्राहक कालोसूचीमा

सिंहदरबार संवाददाता
२०७९ पुष १३, बुधबार १८:४९
Hyundai
NCELL
NIMB

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको ६ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूको कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार उनीहरूबाट ७६ लाख ७५ हजार दुई सय ८१ उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४/०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् । कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्ति, यातायात, सिँचाइ एक/एक वटा ग्राहक कालोसूचीमा रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उनले बताए । यस केन्द्रअन्तर्गत ६३ हजार ९ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार सडक बत्तीको ९ करोड ५८ लाख ८९ हजार ५ सय ३५ बक्यौता रहेको छ । व्यावसायिक भवनको १ करोड ५३ लाख ६२ हजार ३ सय ७८, गैरव्यावसायिक १ करोड २७ लाख ६ हजार चार सय १९, औद्योगिक क्षेत्रको २ करोड ९९ लाख ४३ हजार ६ सय ५६ बक्यौता रहेको छ ।

चालु आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले नौ सय तीन ग्राहकको लाइन काटिदिएको छ । उनीहरूबाट ३ करोड १२ लाख ९१ हजार चार सय १६ असुली गर्नुपर्ने रहेको छ । तीमध्ये ८ सय ५२ जनाले पुनः जडान गरेका छन् । उनीहरूबाट २ करोड ७७ लाख ८३ हजार दुई सय ३७ असुली गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्