Shikhar Insurance
National Life

अर्थमन्त्रीले रोके व्यवसायीको ब्याजदर आन्दोलन, पुस २७ गतेसम्म स्थगित

सिंहदरबार संवाददाता
२०७९ पुष १३, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । विगत ६ महिनादेखि व्यवसायीहरु ब्याजदर आन्दोलन नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले तत्काललाई रोकेका छन् । बुधबार अर्थमन्त्री पौडेलले आन्दोलनरत देशभरका व्यवसायीसँग मन्त्रालयमा छलफल गरी पुस २७ गतेसम्म आन्दोलन रोक्न सहमति गराएका हुन् ।

निजी क्षेत्रका व्यवसायीहरु गत असारदेखि नै बैंकको महँगो ब्याजदर चालु पुँजी कर्जा मार्गदर्शन लगायतको विरूद्धमा आन्दोलनरत छन् । व्यवसायीले ऋणको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, चालु पुँजी कर्जा २ वर्षसम्म स्थगन र ऋणको नविकरण शुल्क पनि घटाउनु पर्ने लगायत माग राखेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुको मागलाई अर्थमन्त्रालय र राष्ट्र बैंकले सम्बोधन गर्न नसकेको भन्दै निजी क्षेत्रका छाता संगठनहरुले नवनियुक्त अर्थमन्त्री पौडेलसँग यसअघि नै भेटवार्ता गरिसकेका थिए । उनीहरुको गुनासो तथा सुझाव सम्बोधन गर्दै मन्त्री पौडेलले देशभरका आन्दोलनतर व्यवसायीहरुलाई बोलाएर आन्दोलन स्थगित गरी छलफलमार्फत् समस्याको सामाधान गर्ने आग्रह गरेका हुन् । उनको आग्रहमा व्यवसायीहरु पुस २७ गतेसम्मका लागि आन्दोलन स्थगित गर्न तयार भएका हुन् ।

बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री र गभर्नरसंग वार्ता गरेका व्यवसायीले आन्दोलन रोक्ने निर्णय गरेका हुन । अर्थमन्त्री विष्णु पौडेलबाट माग सम्बोधन गर्ने आश्वासन पाएपछि व्यवसायीहरुले आन्दोलन रोकिसकेका छन् । सरकारले पुस २७ गतेसम्म आवश्यक सम्बोधन नगरेको खण्डमा उनीहरुले त्यसपछि पुनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका छन।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्