Shikhar Insurance
National Life

प्रतितोला १ लाख १ हजार १०० पुग्यो सुनको मूल्य, चाँदी कति?

सिंहदरबार संवाददाता
२०७९ पुष १३, बुधबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला १ हजार ४ सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ११.६ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्