Shikhar Insurance
National Life

कुमारी र एनसीसी बैंकको मर्जर प्रकृया पुस १७ गते सम्पन्न हुँदै, एकिकृत कारोबार कुमारी बैंककाे नाममा

सिंहदरबार संवाददाता
२०७९ पुष १२, मंगलवार १८:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक मर्जरको सम्पुर्ण प्रक्रिया सम्पन्न भएको छ । गत असोजमा मर्जरको आपसी सम्झौता गरेका यी बैंकले पुस १७ गते एकिकृत कारोबार शुरु गर्ने मिति तय भएको हो ।

कुमारी बैंकको नामबाट एकिकृत कारोबार गर्न तय गरिएको मितिलाई राष्ट्र बैंकले समेत स्वीकृत गरेसँगै यी बैंकहरुको मर्जर प्रक्रिया सम्पन्न भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकिकृत कारोबार सुरु गर्न दुबै बैंकको डाटा माइग्रेशन गर्न कुमारी र एनसीसीले नै पुस १५ र १६ गते सबै सेवाहरु अवरुद्ध जानकारी गराएका छन् । १७ गतेदेखि कुमारी बैंकको नामबाट कारोबार पुनः सुचारु हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल हुनेछन् भने बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्