Shikhar Insurance

सुनको मूल्य एक लाख ७ सय पुग्यो, चाँदीको स्थिर

सिंहदरबार संवाददाता
२०७९ पुष १२, मंगलवार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ७ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ३.६९ डलर आसपासमा कारोबार भइरहेको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्