काठमाडौं । सुर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा प्राधिकरणले स्वीकृत गरेपछि खत्री सिईओ बनेका हुन् । उनी यसअघि ज्योति लाइफको सिईओ थिए । सुर्या लाइफ र ज्योति लाइफको मर्जरबाट सुर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । जीवन बीमा कम्पनी तर्फको यो नै पहिलो मर्जर हो ।
खत्रीलाई तलब, भत्ता र अन्य सुबिधासहित बार्षिक एक करोड ६ लाख रुपैयाँ भुक्तानी गर्ने सर्तसहित सिईओ बनाईएको हो ।
प्रतिक्रिया दिनुहोस्