Shikhar Insurance
National Life

प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गर्दै बोलायो साधारण सभा, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार ११:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिमियर इन्सुरेन्सले लाभांश संशोधन गर्दै सेयरधनीहरुलाई साधारण सभा बोलाएको छ । कम्पनीले यसअघिको लाभांश प्रस्ताव संशोधन गर्दै अब सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले अब सोही प्रस्ताव वार्षिक साधारण सभामा पेश हुनेछ । यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर नियामक नेपाल बिमा प्राधिकरणको निर्देशन बमोजिम उक्त लाभांश प्रस्ताव संशोधन गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुने १७ करोड ४९ लाख ४५ हजार १०० रुपैयाँ बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुने ९२ लाख ७ हजार ६३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, सिद्धार्थ इन्सुरेन्ससँग गाभ्ने–गाभिने सम्बन्धी विषेश प्रस्ताव पनि सभामा पेश हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्