Shikhar Insurance
National Life

भाट–भटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

सिंहदरबार संवाददाता
२०७९ पुष १०, आईतवार १२:३२
Hyundai
NCELL
NIMB

काठमाण्डौं, भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

ड्यानमिक क्यूआर को रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्युआर स्क्यान ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । भाटभटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा एमओसीओ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु पे र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको नेपाल पे क्युआर स्क्यानमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्