काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा गर्न लागेको हो ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश गरी जम्मा ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । सभामा संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पनि रेहको छ ।
त्यसैगरी, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले संस्थाले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्