काठमाडौं । बुधबार सेयर बजार ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ। आजको कुल कारोबार भने ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँ रहेको छ । अरुदिनको तुलनामा आजभने सेयर बजार सामान्य अंकले बढेको हो । नेप्से ०.३८ प्रतिशतले बढेपनि सेन्सेटिभ परिसूचक भने १.४७अंकले बढेर ४७५ अंकमा पुगेको छ ।
२ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।आज कारोबार भएको कूल १२ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ७ वटा उपसमूहहरुको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्