Shikhar Insurance
National Life

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन गर्दै बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १४:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनी सञ्चालक समितिको कार्तिक २९ गते बसेको बैठकले प्रस्ताव गरेको लाभांश संशोधन गर्दै २९औं वार्षिक साधारण सभा बोलाएको हो ।

कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले नेपाल बीमा प्राधिकरणले सुझाव अनुसार उक्त लाभांश संशोधन गर्दै १४.२५ प्रतिशत बोनस सेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस २९ गते, सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा ११औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले लाभांश सहित प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीचको गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ । दुबै कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बन्ने छ ।

लाभांश तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २२ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ ।सोहि अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्