काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष लगानीकर्ताहरुको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
सोही निर्णय अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
गत वर्ष कम्पनीले ११.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६० प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्