Shikhar Insurance
National Life

सडक विस्तारका क्रममा भत्काइएका दुई सय घरटहरालाई ८ करोड क्षतिपूर्ति

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १६:४७
Hyundai
NCELL
NIMB

तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब ८ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ ।

उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी रहेको तनहुँस्थित मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्डका इञ्जीनियर एवं सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।हाल उक्त सडकखण्डमा रोड कटिङ, पर्खाल, पुल, कल्भर्ट निर्माणलगायत कार्य भइरहेका छन् । हालसम्म करिब ८ प्रतिशत कार्य सम्पन्न भएको र सडक फराकिलो बनाउने क्रममा सडक आसपासका विद्युत् पोल, खानेपानी पाइप, टेलिफोन, इन्टरनेटलगायतलाई सम्बन्धित निकायसँग समन्वय गरी हटाउने प्रक्रियामा रहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्लाको आँबुखैरेनी पुलजीपबाट म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१.४५ किलोमिटर सडकमा गैरसहरी क्षेत्र ३९.९३, सहरी क्षेत्र १.५२ र १८ वटा पुल निर्माण हुनेछन् । उक्त सडक निर्माणका लागि चिनियाँ कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले सम्झौता गरी ठेक्का पाएको हो ।
त्यसैगरी मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँका ४ हजार २ सय ५ रुख कटान गरेको छ । करिब ४ सय ६६ रुख काट्न बाँकी रहेको आयोजनाका वातावरणविज्ञ युवराज ढकालले जानकारी दिए । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना छ । सबै रुख नकाटिन पनि सक्छन्, उनले भने, “काट्नैपर्ने रुखमात्रै कटान गरी रुख बचाउन आयोजनाले योजना बनाएको छ ।”

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बन्ने गरेका छ । उक्त सडक खण्डमा २ हजार ४ सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनुपर्ने विज्ञ ढकालले बताए । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्