Shikhar Insurance
National Life

ब्याजदर विरुद्ध आन्दोलन घोषणा गर्दै मोरङका व्यवसायीले भने ‘अब झुक्दैनौं, झुकाउँछौंं’

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १९:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । चर्काे बैंक ब्याजदर विरुद्ध मोरङका उद्योगी व्यवसायीले अनिश्चितकालिन आन्दोलन घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघ, मोरङ उद्योग संघ, मोरङ व्यापार संघ लगायतका ४० भन्दा बढी वस्तुगत संघले मिलेर संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

‘हामीले मोरङबाट आन्दोलनको घोषणा गरेका छौं, अब माग पुरा नभएसम्म रोकिन्नौं’, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भिम घिमिरेले सिंहदरबारसँग भने । उद्योगी व्यवसायीहरुले जुलुससहित नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय घेराउ गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘उद्योग व्यवसाय चलाउनै नसकिने अवस्था आयो, अब पनि चुप लागेर बस्ने हो भने व्यवसाय बन्द गरेर हिड्नुपर्छ, तर हामी त्यस्तो गर्दैनौं । अब झुक्दैनौं, झुकाउँछौं’’, घिमिरेले भने । उनीहरुले बिहिबार बिराटनगर क्षेत्रमा बजार बन्द गर्ने घोषणा पनि गरेका छन् ।

उद्योगी व्यवसायीहरूले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेजी, एकल अंकको ब्याजदर, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने उनीहरूको माग छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्