Shikhar Insurance
National Life

अनधिकृत संरचना भत्काउन धोबीखोला किनारमा महानगरले चलायो डोजर

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउन डोजर चालाएको छ । बुधबार काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका अनधिकृत संरचनाहरु भत्काएको हो ।

महानगरको डोजर चलेपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्