काठमाडौं । सेन्ट्रल फाईनान्सले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको पुस ३ गते आइतबार बसेको सञ्चालक समितिकको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८ रुपैयाँ ७२ पैसाको ५ प्रतिशतका दरले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२ रुपैयाँ ९४ पैसा नगद लाभांश वितरण गर्ने लागेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी २६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्