Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज पुस १४ गतेदेखि २७ गतेसम्म

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गतेका लागि १७औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको पुस ५ गते मंगलबार बसेको २२५औं सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८र०७९को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई १२.३५ बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता, टेलीफोन तथा पत्रपत्रिका खर्च पुनरावलोकन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख रुपैयाँ बढीका खर्च, कम्पनीको प्रबन्धपत्र आवश्यक परिमार्जन तथा संशोधन तथा थप गर्ने लगाएतका विशेष प्रस्वात पारित गर्ने छ ।

साथै, बैंक र अन्य बैंक कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्ने छ । यस बैंक र अन्य कुनै एक वा सोभन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संसथा एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्वन गरि कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव उक्त सभाले अनुमोदन गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले सेयर दाखिला खारेज(बुक क्लोज) पुस १४ गतेदेखि पुस २७ गतेसम्म गर्ने निर्णय गरेको छ । सोहि अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्