काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । प्रतिष्पर्धी गगन कुमार थापालाई ३९ मत अन्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत प्राप्त गरे ।
नेपाली काँग्रेसका ८९ जना सांसद छन् । संसदीय दलको नेता निर्वाचित हुनका लागि ४५ मत आवश्यक पर्दथ्यो । देउवाले ६४ मत ल्याउँदै संसदीय दलको नेता सुनिश्चित गरेसँगै प्रधानमन्त्रीमा पनि आफ्नो दावेदारीलाई थप बलियो बनाएका छन् ।
महामन्त्री थापालाई शेखर कोइराला, अर्का महामन्त्री विश्व प्रकाश शर्मा लगायतको समर्थन थियो । देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरुको साथ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्