Shikhar Insurance
National Life

युनाइटेड इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश प्रस्ताव परित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ पुष ५, मंगलवार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले पुस २७ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम ५ करोड १४ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतका दरले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ २१ पैसा वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमाेजिम संचालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ ।

उक्त सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहित आव २०७८/७९ को वासलात, नाफा नोक्सन हिसाब, नगद प्रवाह वितरण सशित अनुसूचीहरु लगायतका सामान्य प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले आव २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत साभाले अनुमोदन गर्नेछ । इन्स्योरेन्सले सभा र लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्