Shikhar Insurance
National Life

काँग्रेस सरकार बनेपछि अडानीका दुई सिमेन्ट उद्योग बन्द

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार ११:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बन्ने वित्तिकै अडानी समुहका दुई सिमेन्ट उद्योग बन्द भएका छन् । अडानी समुहका दुई उद्योग बन्द भएपछि हिमाञ्चलमा सिमेन्टको मूल्यमा वृद्धि हुन थालेको छ ।
अडानी समुहले हिमाञ्चलको गग्गलमा एसीसी सिमेन्ट र दर्लाघाटमा अम्बुजा सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको थियो ।

हिमाञ्चलका नयाँ मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले अमर उजालासँग बिशेष कुरा गर्दै सिमेन्ट उद्योग बन्द हुनुको कारण बताएका छन् । उनले भनेका छन्–‘यो मामला कानुनसँग जोडिएको छ, उद्योग युनियन र अडानी समुहबिचको विवाद हो, सरकार चाहान्छ की सम्झौता होस, उद्योग र मजदुर दुबैलाई नोक्सानी नहोस्, एउटा कुरा स्पष्टसँग भन्छु की हिमाञ्चलमा सिमेन्टको मूल्य कम हुनुपर्छ । पञ्चाबमा सिमेन्ट कम मूल्य प्राप्त हुने अनि हिमाञ्चलमा महंगो पर्ने भन्ने हुनै सक्दैन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तरवार्तामा मुख्यमन्त्री सुक्खुले आफ्नो सरकार वृद्ध पेन्सन योजना फिर्ता दिन खोजिरहेको छ । पछिल्लो भाजपा सरकारले ७० हजार करोड ऋणको भार छाडेर गएको आरोप पनि उनले लगाएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्