Shikhar Insurance

एलजीको एयर सोलुसन्स सम्मेलन सकियो

सिंहदरबार संवाददाता
२०७९ पुष ४, सोमबार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । एलजीको ऐयर सोलुसन्स सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो । एलजी ऐयर सोलुसन्स सम्मेलनमा एलजीका विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेका महानुभावहरुलाई ऐयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरीएको थियो ।

यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो, जस अन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रमको मुख्य आर्कषण एलजी बिजनेश सोलुशन्स अन्तर्गत रहेको मल्टि भिआरएफ, एअर प्युरीफाइयर, डेहुमिडिफायर, राउण्ड क्यासेट एसी, इन्टर्याक्टिभ डिस्प्ले, डिजिटल सिग्नेज इत्यादिहरु थिए ।

Citizen Life
Kumar Bank

एलजी ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा “ऊर्जा दक्षतामा प्रविधिको भुमिका” शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एचभिएसी. कन्सल्टेन्ट रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टर का सहायक डाईरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभुतीमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्ताकोटीले छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए ।

दोस्रो सत्रको छलफलमा कोरियाका राजदुत महामहिम् पार्क चोङ सुकको समेत उपस्थितिथि थियो ।  चौधरी ग्रुपले एलजीसँग तीन दशक भन्दा बढी व्यवसायीक सहकार्य गर्दै आईरहेको र साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको जानकारी रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्