काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार बहुमतिय सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा सो भन्दा बढी दलहरु मिलेर सरकार गठन गर्न राष्ट्रपतिले आव्हान गरेकी हुन् ।
सत्ता गठबन्धनलाई नै निरन्तरता दिएर नयाँ सरकार बनाउनुपर्ने मत एकातिर छ भने अर्काे तिर बामपन्थीहरु मिलेर नयाँ सरकार बनाउनुपर्ने माग पनि छ । काँग्रेसले पनि गैर बाम सरकार गठनका लागि विकल्प खुला गर्न सक्ने सम्भावना छ । काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने झिनो सम्भावनालाई समेत नकार्न सकिन्न । नयाँ सरकार गठनका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्