Shikhar Insurance
National Life

वित्तिय प्रणालीमा फर्कन थाल्यो पैसा, एक महिनामै बाणिज्य बैंकमा आयो ६२.६९ अर्ब

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकिङ क्षेत्रले विस्तारै तरलता अभावको समस्याबाट सहजता पाउने थालेको छ । निर्वाचनमा खर्च भएको रकम क्रमशः प्रणालीमा आउने थालेपछि बैंक तथा वित्तिय संस्थाहरुमा तरलता सहज बन्न लागेको हो । मंसिर महिनामा मात्रै बाणिज्य बैंकहरुमा ६२.६९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

मंसिर २ गते ४५५७.८७ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर २९ गते ४६२०.५५ अर्ब रुपैयाँ पुगेको छ । उता, मंसिर अन्तिम साता मात्रै बाणिज्य बैंकहरुमा २३ अर्ब रुपैयाँ निक्षेप फर्किएको छ । मंसिर २३ गते ४५९८ अर्ब रुपैयाँ रहेको बाणिज्य बैंकहरुको निक्षेप मंसिर २९ गते ४६२०.५५ अर्ब रुपैयाँ पुगेको हो । पुस २ गते बैंक तथा वित्तिय संस्थाहरुको सीडी रेसियो ८५.९२ प्रतिशत रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्