Shikhar Insurance

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ , जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिन्छ ।

सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।|

Citizen Life
Kumar Bank

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भन्नुभयो,‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

उहाँले थप्नुुभयो ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्राग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ ।
सांग्रिला विकास बैंक लिमिटेड केहि नविन र उत्प्ररित उद्यमी सोच भएका व्यक्तिहरुको सपनाको परियोजना हो । यो नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त ख वर्गको बैंकका रुपमा सञ्चालनमा छ । यो बैंक विकास बैंकहरूमा अग्रणी स्थानमा रहँदै आएको छ । सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्