Shikhar Insurance
National Life

सानिमा बैंकले पास गर्यो लाभांश, सञ्चालकमा भित्रिए दुई नयाँ अनुहार

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन् ।

आर्थिक बर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको निष्क्रिय कर्जा ०.३३ प्रतिशत छ । पुँजी कोष १३.६६ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ८६.३६ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्