Shikhar Insurance
National Life

नेप्से साढे २७ अंक गिरावट, दुई हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक निरन्तर चौथोे कारोबारको दिन पनि घटेर बन्द भएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले घटेर १,८५५.०६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.२२ अंकले घटेर ३६२.८२ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात् बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको २५ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको घटेको छ । भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा छ । बैंकको ६ करोड २५ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार, नबील बैंकको ५ करोड ४१ लाख १३ हजार, नेपनल टेलिकमको ४ करोड ८९ लाख ६३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र छ ।

नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएपनि इस्ट्रन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को मूल्य ९.३५ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२० प्रतिशतले बढेको छ ।

यता, रु रु जलविद्युत परियोजना र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । भने, महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.३१ प्रतिशत र मञ्जुश्री फाइनान्सको सेयर मूल्य ७.१३ प्रतिशतले घटेको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्