Shikhar Insurance
National Life

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १५:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रमेश ढुवाडी चयन भएकम छन् । गत बिहिबार बसेको बैंक संचालक समितिले उनलाई अध्यक्ष चयन गरेको हो ।
बैंकमा अर्थमन्त्रालबाट प्रतिनिधित्व गर्ने संचालक मन्त्रालयका सह– सचिव समेत रहेका रमेश केशी सरुवा भएपछि सह– सचिव सुमन दाहाल बैंकका संचालकको रुपमा आएका थिए । त्यसपछि बैंकको अध्यक्ष पद करिब ३ महिनायता रिक्त थियो ।

करिब १ वर्षदेखि सरकारको प्रतिनिधिको रुपमा दुवाडी कृषि विकास बैंकको संचालक थिए । उनी यसअघि नागरिक लगानीकोषको संचालक थिए । उनलाई पुस ३ गते आइतबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्