Shikhar Insurance
National Life

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज सेयरको बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रति सेयर १०० अङ्कित दरका कूल ५ लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार ४ सय २१ आवेदकले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले योग्य ११ लाख ९१ हजार २ सय ८४ मध्ये ५१ हजार ५ सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निष्कासित सेयरमा २७ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्