Shikhar Insurance
National Life

चार वर्षपछि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा १० प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा समायोजन गरेको छ । निगमको कात्तिक २७ गतेको सञ्चालक समितिको निर्णयलाई थप अध्ययन गरेपछि निगमले पुस १ गतेदेखि भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गरेको प्रवक्ता विनितमणी उपाध्यायले सिंहदरबारलाई जानकारी दिए ।

हाल देशभर १९ सय ट्यांकरले इन्धन ढुवानी गरिरहेका छन् । ती ट्यांकरहरुको भाडा पाँच प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि गरिएको पनि उनले जानकारी दिए । निगमले देशभरका आन्तरिक र वाह्य गरि ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको हो । त्यस्ता ट्यांकरको स्थानीय १५ किलोमिटरसम्मको ढुवानीमा न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढेको छ । बिरगञ्जदेखि थानकोट र सिनामंगल डिपोसम्मको ढुवानी भाडा भने ६ हजार ६ ३० रुपैयाँ २० पैसा तथा ६ हजार ६९० रुपैयाँ ५५ पैसाले वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमले चार वर्षपछि ढुवानी व्यवासयीको भाडा वृद्धि गरेको र सो सम्बन्धमा सञ्चालक समितिले कात्तिक २७ गते गरेको निर्णयमाथि त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञहरुबाट स्वतन्त्र अध्ययन गराएको पनि प्रवक्ता उपाध्यायले दावी गरे । ‘निगमले आफ्नो संयन्त्रबाट भाडा बढाउन पर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो, सोही अनुसार भाडा बढाउने निर्णय भएको थियो, त्यसमा प्रश्न उठेपछि स्वतन्त्र निकायबाट थप अध्ययन गराएको हो, सो अध्ययनले पनि भाडा समायोजनको निष्कर्ष निकालेको छ’, उपाध्यायले सिंहदरबारसँग भने ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्