Shikhar Insurance
National Life

काठमाडौं उपत्यकामा मेट्रो रेल बनाउनुपर्छः चिरिबाबु महर्जन

सिंहदरबार संवाददाता
२०७९ पुष २, शनिबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल बनाउनुपर्ने बताएका छन् । शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले अब उपत्यकामा मेट्रो रेलको विकल्प नभएको र सबै मिलेर बनाउनुपर्ने बताएका हुन् ।

‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त ? अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ ।’, मेयर महर्जनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने धारणा पनि राखे । उनले अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम पार्नु भन्दा मेट्रो रेल बनाउने तर्फ अघि बढ्नुपर्ने सुझाव दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्