Shikhar Insurance
National Life

प्रभु बैंक र चिलिमे जलविद्युतको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

नेप्सेले प्रभु बैंकको ६.५ प्रतिशत बोनस सेयर र चिलिमे जलविद्युत कम्पनीको ७.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेले बैंकको बिहीबारको अन्तिम कारोबारको सेयर मूल्य २०१ रुपैयाँ ९० पैसा र चिलिमे जलविद्युत कम्पनीको अन्तिम सेयर मूल्य ३९० रुपैयाँलाई आधार मानेर सेयर मूल्य समाजोजन गरेको हो ।

समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ ५८ पैसा र चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य ३६२ रुपैयाँ ७९ पैसा कायम भएको छ । यहि समायोजित मूल्यका आधारमा आइतबार यी दुबै कम्पनीहरुको सेयर कारोबार सुरु हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्