Shikhar Insurance

टिसीएलले नेपालमा ल्यायो “गुगल टि.भी”

सिंहदरबार संवाददाता
२०७९ मंसिर २९, बिहीबार १८:१७
NIMB
Nabil Bank

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गूगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्त गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीन बाट नै सेलेक्ट गरेर हेर्न सक्छन । गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन ।

होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरू भन्दा एक कदम अगाडि छ किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन जसले गर्दा प्रयोगकर्ताहरुले टि.भी चलाऊदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन । यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ ।

Citizen Life
Kumar Bank

हालै टिसिएलले P735 4K HDR Google TV with camera (७५ इन्च) , C735 QLED 4K Google TV with camera (६५ र ५५ इन्च) र P635 4K HDR Google TV र ४३ इन्च) गरि कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर ईटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्