Shikhar Insurance
National Life

अनलाइन जुवा नखेल्न राष्ट्र बैंकको निर्देशन, नटेरे यस्तो हुनेछ कारवाही

सिंहदरबार संवाददाता
२०७९ मंसिर २७, मंगलवार १९:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै अनलाइन जुवा तथा बेटिङ कार्यमा सहभागी नहुन आम नागरिकहरुलाई अनुरोध गरेको हो । ‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समुह/संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ ।’, राष्ट्र बैंकले आफ्नो सूचनामा भनेको छ ।

राष्ट्र बैंकले अनलाइन जुवाहरुको भुक्तानी नहुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ सेवा प्रदायक, मोबाइल वालेटहरुलाई पनि निर्देशन दिएको छ । विश्व कप फुटवल लक्षित अनलाइन जुवा तथा बेटिङ सञ्चालन गर्ने क्रम बढेपछि राष्ट्र बैंकले नियमनको प्रक्रिया थालेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पछिल्लो समय विश्व कप फुटबलसँगै अनलाइन बेटिङको क्रम बढेका सूचनाहरु आईरहेका छन्, यसले गैर कानुनी कारोबार बढाएको छ र विदेशी मुद्राको सञ्चितिमा पनि चाप बढाउँछ, राष्ट्र बैंकका तर्फबाट नियमनका लागि गर्नुपर्ने काम हामीले अघि बढाएका छौं’, राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले भने ।

राष्ट्र बैंकले अनलाइन जुवा जस्तो गैर कानुनी खेलमा भुक्तानी नगर्न निर्देशन दिएको र अन्य कारवाहीका लागि सरोकारवाला निकायहरुसँग थप समन्वय भैरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्