Shikhar Insurance
National Life

नबिल बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा, क-कस्ले आवेदन दिन पाउने?

सिंहदरबार संवाददाता
२०७९ मंसिर २७, मंगलवार १५:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त सेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्