काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ । अघिल्लो दिन अर्थत् सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य ९९ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३९० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ८२.३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्