काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका डा. महताले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छे बैंकको मिति २०७९ मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्