Shikhar Insurance
National Life

नेप्से परिसूचक ३१.९७अंकले घट्दा पनि यी ५ कम्पनीको सेयरधनीहरुले कमाए मनग्य

सिंहदरबार संवाददाता
२०७९ मंसिर २५, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

 

काठमाडौं । आइतबार धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक ३१.९७ अंकले घटेर १,८८५.३१ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ६.२८ अंकले घटेर ३६७.३६ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको २५ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएपनि सीवाईसी नेपाल,सुमित लघुवित्त, मैलुङखोला जल विद्युत् कम्पनी, ग्लोबल आईएई ब्यलेन्स फन्ड–१ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरु मालामाल भएका छन् । यी ५ कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा माथि बढेको छ ।

आइतबार सीवाईसी नेपाल लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, सुमित लघुवित्तको ९.९९, मैलुङखोला जल विद्युत् कम्पनीको ९.५०, ग्लोबल आईएई ब्यलेन्स फन्ड–१ को ७.८६ र धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत सेयर मूल्य बढेको छ ।

यता कारोबारमा आएको नाडेप लघुवित्तको सेयधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । यस दिन नाडेप लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, पाँचथर पावर कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ९३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस दिन नबील बैंकको ७ करोड ५८ लाख ४३ हजार, हिमालयन डिस्टिलरीको ५ करोड ५ लाख २ हजार, एनआईसी एशीया बैंकको ३ करोड ९२ लाख ४८ हजार र रिडी पावर कम्पनीको ३ करोड २० लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच स्थानमा रहेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी २.३० प्रतिशत घटेको छ। यस दिन विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्