काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकिय कारवाही गर्दै लाभांशमा रोक लगाएपछि बैंकले कमाई रिर्जभमा राख्ने निर्णय गरेको हो ।
लक्ष्मी बैंकले गत आवको भदौ महिनामा तोकिएको प्राथमिक पुँजीकोष अनुपात कायम गरेको थिएन । राष्ट्र बैंकले प्राथमिक पुँजी ८.५ प्रतिशत र पुकर पुँजी २.५ प्रतिशत गरी ११ प्रतिशत कुल पुँजीकोष अनुपात कायम गर्नु पर्ने व्यवस्था गरेको छ । यस्तो अनुपात बैंकहरुले दैनिक रुपमा कायम गरी व्यवसाय गर्नु पर्ने हुन्छ । राष्ट्र बैंकले भने दैनिक रुपमा बैंकहरुको पुँजीकोष अनुपात निगरानी गर्दै मासिक रुपमा रिपोटिङ गर्न निर्देशन दिएको छ । यदी कुनै बैंकले उल्लेखित महिना तोकिएको पुँजीकोष अनुपात कायम नगरे उक्त आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकको व्यवस्था छ ।
लक्ष्मी बैंकले गत आवको भदौ महिनामा ८.४८ प्रतिशतमात्रै कायम गरेको थियो । जुन अनपब्लिस तथ्यांक हो । जसमा राष्ट्र बैंकले स्पष्टिकरण माग गरेको थियो भने बैंकले तथ्यांक करेक्सन सहित स्पष्टिकरण राष्ट्र बैंकमा पेश गरेको हो । जसमा बैंकले भदौ महिनामा बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५१ प्रतिशत भनेर पठाएको थियो ।
बैंकले पठाएको तथ्यांकलाई राष्ट्र बैंकले थप निरीक्षण गर्दा मनासीव नलागेपछि प्रिलिमनरी एप्प्रुवल दिँदा लाभांश वितरगा नगर्नु भनेर पठाएकै कारणले आगामी वार्षिक साधारणसभा लाभांश वितरण बिना नै सम्पन्न गर्ने तयारी बैंकले गरेको हो । जसमा लागि बैंकको मंसिर २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्