Shikhar Insurance

सुनको मूल्य प्रतितोला १ लाख ५ सय, चाँदी कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर २५, आईतवार ११:३०
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य २ सय रुपैयाँ बढेको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले ले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताए ।

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भने। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७९७.३५ डलरमा कारोबार भइरहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्