Shikhar Insurance
National Life

राष्ट्रपतिमा झलनाथको नजर, एकिकृत समाजवादीले पाए पक्का

सिंहदरबार संवाददाता
२०७९ मंसिर २५, आईतवार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल राष्ट्रपतिको दौडमा छन् । इलामबाट प्रत्यक्ष निर्वाचनमा पराजित भएका सम्मानित नेता खनाल पूर्व प्रधानमन्त्री समेत हुन् । उनलाई सत्तारुढ गठबन्धनले राष्ट्रपति उम्मेदवार बनाउने सम्भावना छ ।

उनी यस अघि पनि राष्ट्रपति बन्न चाहान्थे तर तत्कालिन एमाले अध्यक्ष केपी ओलीले विद्या भण्डारीलाई दोहोर्याउन चाहेपछि खनाल पछि हटेका थिए । एकिकृत समाजवादीले शक्ति बाडफाँटमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद दावी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पार्टी अध्यक्ष माधव नेपालले आफु राष्ट्रपति नबन्ने बताएपछि सो पद पार्टीको भागमा आएमा नेता खनालकै सम्भावना रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्