Shikhar Insurance
National Life

भिजन इनर्जीले ६५ करोडको आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धक बन्यो एनआइबीएल एस क्यापिटल

सिंहदरबार संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले ६५ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” निर्माण गरिरहेको कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरको ६५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १० प्रतिशतले नै हुने ३२ लाख ५० हजार थान शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले आइएसओ९००१ः२०१५ प्रमाण पत्र समेत प्राप्त गरेको छ । हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्