Shikhar Insurance
National Life

ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन मंसिर २३ गतेदेखि ट्राफिक व्यवस्थापन

सिंहदरबार संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि मंसिर २३ गतेदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ ।

भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताए । उनका अनुसार केन्द्रले मिल्नेसम्मको काम बाहिर गरी त्यहाँ ल्याएर जडान गर्ने योजना बनाएको छ । बिमलगायत संरचना अन्यत्र बनाएर त्यहाँ ल्याएर जडान गरिने छ । यो खण्डमा सवारी साधनको चाप धेरै रहेकाले पहिले सवारी साधनलाई अवरोध हुने काम सेकेपछि अन्य काम गर्ने योजना बनाइएको छ । प्रवक्ता बज्राचार्यले भने, “पहिले अरु ठाउँमा बनाउन मिल्ने कुरा बनाइसकेपछि मात्रै खन्ने काम हुनेछ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माणलाई लक्ष्य गरी आजदेखि सोही सडकमै सवारी साधनको व्यवस्थापन सुरु गरिसकेको छ । अहिले सवारी साधन एउटा लेनबाट अर्कोतिर मोड्नका लागि कतिपय संरचना हटाउनुपर्ने रहेको केन्द्रले जनाएको छ । मुख्य सडकमा काम हुँदा सहायक सडकहरुबाट सवारी साधन पठाएर काम गर्ने गरी ट्राफिक प्रहरीसँग छलफल गरिएको प्रवक्ता बज्राचार्यले बताए। अहिले सहायक सडक (सर्भिस ट्याक) मा पार्किङ गर्न नदिए केही सहज हुनसक्ने उनको भनाइ थियो ।

‘फ्लाईओभर निर्माण अबको १६ महिनामा सम्पन्न गर्ने गरी लक्ष्य लिइएको केन्द्रले जनाएको छ । खोलामा पुल निर्माण गर्दा वर्षामा काम गर्न नसकिने भए पनि यहाँ त्यस्तो समस्या नहुने भएकाले निर्माण कम्पनीले बाह्रै महिना काम गर्नसक्ने प्रवक्ता बज्राचार्यले बताए । सो योजनामा अहिलेसम्म डिजाइनको काम भइरहेकामा सडक बनावटका आधारमा डिजाइनको कामले लामो समय लिएको र अहिले फाइलन हुने क्रममा रहेकाले निर्माण अघि बढ्ने उनले जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी वरिष्ठ उपरिक्षक) राजेन्द्रप्रसाद भट्टले हालका लागि बल्खुबाट सातदोबाटो र बालकुमारीबाट सातदोबाटोसम्मको सडक खण्डमा सवारी साधनलाई विभाजन गरी चल्न दिइएको बताए । उनका अनुसार भारी सवारी साधान र दुई पाङ्ग्रे सवारी साधनलाई सहायक लेनबाट चल्न दिइने छ भने र हलुका सवारी साधन मुख्य लेनमा चल्न दिइने छ । चीन सरकारले विस्तार गरेको चक्रपथको सो खण्डको बीचमा चार लेन ‘एक्प्रेस रोड’ र छेउमा २/२ लेन सहायक सडक छन् । प्रवक्ता भटृले भने, “निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने अवस्थामा सर्भिस लेनबाट नै सबै सवारी साधन पठाउनुपर्ने हुनसक्छ ।”

सवारी साधन व्यवस्थापनमा अहिले नै समस्या हुने र सबै सवारी साधन सहायक लेनबाट चलाउँदा चाप अति भएर थेग्न गाह्रो हुनसक्ने उनको भनाइ थियो । पिलर उठाउने समयमा खाल्डा खन्नुपर्ने हुँदा मुख्य सडक पूरै अवरुद्ध हुने देखिएको छ । प्रवक्ता भटृले भने, अबको डेढ वर्षमा यो खण्डमा प्रभाब पर्ने देखिन्छ ।”

सरकार आफैँले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) मा सम्झौता गरी सो ‘फ्लाईओभर’ निर्माण अघि बढाएको हो । यो ठेक्का प्रक्रियामा ‘डिजाइन एण्ड बिल्ड’का लागि गरिएको सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गरेको केन्द्रले जनाएको छ । चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ । ‘डिजाइन एण्ड विल्ड’ का केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी निर्माण कम्पनीको हुनेछ । इपिसिअनुसार निर्माण गर्दा कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएकामा आवश्यकताअनुसार केही परिवर्तन हुनसक्ने उनले बताए।

निर्माणको अवधिमा मुख्य लेनमा सवारी साधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सहायक लेन प्रयोग गर्नुपर्ने हुन्छ ।
‘फ्लाईओभर’ को गत वर्ष फागुन १९ मा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाईओभर’ सरकार र निर्माण व्यवसायी दुबैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाईओभर’ निमर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको सडक विभागले बताउँदै आएको छ । यसअघि नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाईओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाईओभर पुगिनेछ । त्यतातर्फ दुई सय ८० मिटर लामो ‘र्याम’ हुने र सातादोबाटोतर्फ झर्न एक सय ७५ मिटर लम्बाइको ‘र्याम’ हुने बताइएको छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सिधै चल्ने बताइएको छ ।

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाईओभर’ निर्माण गरिने सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोगमा नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा ‘फ्लाईओभर’ निर्माण भएको छ ।

जम्मा २० महिनामा सम्पन्न गर्ने गरी यो योजना निर्माणका लागि गत फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट रु १७ करोड ६८ लाखमा रहेको छ । विसं २०८० सम्ममा निर्माण सकेर ‘फ्लाईओभर’ सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्